टर्‍यो सुदूरपश्चिमको संकट : एमालेकै समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दावी पेश गर्दै


६ बैशाख २०८१, बिहीबार
dheergha bahadur

कैलाली । सुदूरपश्चिममा मुख्यमन्त्रीको विवाद समाधान भएको छ । नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रञ्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन् । मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो । एकीकृत समाजवादीका सांसद प्रकाश रावलले अहिले हस्ताक्षरको काम भइरहेको र एमालेले समर्थन गर्ने जानकारी दिए । नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षले भने समर्थन नगर्ने भएको छ ।

रेशम पक्षले समर्थन नगरे पनि २७ जना पुग्ने भएकाले सोडारीले बहुमतका आधारमा सोडारीले दाबी पेस गर्न लागेका हुन् । अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई संसदीय दलको नेता तोकेर प्रदेश सभामा जानकारी गराइसकेकाले कैलाशलाई नै संसदीय दलको नेता मानेर पत्र लेख्ने तयारी भएको गृहकार्यमा संलग्न नेताहरूले नेपालखबरलाई जानकारी दिए । सभामुख भीमबहादुर भण्डारीले पनि नाउपामा संसदीय दलको विधान कार्यान्वयनमा नआइसकेको अवस्थामा सम्बन्धित पार्टीको अध्यक्षले कैलाश चौधरी संसदीय दलको नेता तोकेको जानकारी प्रदेश सभा सचिवालयमा प्राप्त भइसकेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७