नेकपा एसप्रति बास्कोटाको व्यङग्य : सबैतिर गठबन्धन गर्नु तर, राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु


७ बैशाख २०८१, शुक्रबार
Gokul Baskota 1

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले एकीकृत समाजवादीप्रति व्यंग्य गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

उनले सबैतिर गठबन्धन गरे पानी राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु भन्दै षडयन्त्रको पोको बोकेर हिडेका नेताका स्वार्थ सिद्द गर्न मै राज्यको समय खर्चनु परेको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु । राजनीतिमा स्थाई शत्रु र मित्र हुँदैन भनेर अरुलाई पाठ पढाउने तर आफै भने माखाको जस्तो पित्त भएका र छात्तीभरि बिषै बिषले भरिएको षडयन्त्रको पोको बोकेर हिंडेका नेताका स्वार्थसिद्ध गर्नमै राज्यको समय खर्चनु पर्ने रहेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७