ओलीको निष्कर्ष : एमाले राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा (पूर्णपाठ)

‘काग्रेससँग अरु दलमाथि प्रश्न उठाउने नैतिक आधार छैन’


८ बैशाख २०८१, शनिबार
kp oli ba

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन बनेपछि राजनीति अनुकूल बनेको विश्लेषण गरेका छन् । आज (शनिबार) सुरु भएको प्रतिनिधि परिषद् भेलामा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो विश्लेषण गरेका हुन् । उनले नयाँ गठबन्धन बनेसँगै एमाले राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा फेरि स्थापित भएको दावी गरेका छन् ।

उनले अहिले सहकार्य हुँदा विश्वासको वातावरण निर्माण हुने अपेक्षा गरेको पनि बताए । उनले सहकार्यबाट विश्वासको वातावरण बनी भोलि विचार मिल्नेहरू क्रमशः एक ठाउँमा हुनसक्ने उनको विश्लेषण छ । तर, अहिले भने सबै सकारात्मक शक्तिलाई एक साथ लिएर हिँड्नुपर्ने उनको भनाइ छ ।

‘काग्रेससँग अरु दलमाथि प्रश्न उठाउने नैतिक आधार छैन’
अध्यक्ष ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग अरु राजनीतिक दलमाथि प्रश्न उठाउने नैतिक आधार नभएको जिकिर गरेका छन् । काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गरिरहेको बेला ओलीले त्यसो गर्ने नैतिक आधार काँग्रेससँग नभएको बताएका हुन् ।

उनले हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संलग्न भएका मन्त्री र नेतालाई राजीनामा गराउने तयार नहुने काँग्रेसले यतिबेला अरुमाथि प्रश्न उठाउने नैतिक आधार नराख्ने बताए । अध्यक्ष ओलीले निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका कुनैपनि विषयमा आफ्नो पार्टी प्रवेश गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले सत्ताबाट हट्नु परेपछि काँग्रेस आक्रोशित, क्षुब्ध र हतास मनस्थितिमा देखिएको बताए ।

ओलीले भने, ‘अचानक सत्ताबाट बाहिरिनु पर्दा यतिबेला नेपाली काँग्रेस आक्रोशित, क्षुब्ध र हतास देखिन्छ । यही हतासोले उसलाई प्रतिशोधको राजनीतिमा पुर्‍याएको छ । नयाँ समीकरणलाई सफल हुन नदिन र भत्काउन उसले हरसम्भव प्रयास गरेको छ । उसले रास्वपा र अन्य कतिपय दलका नेतालाई प्रधानमन्त्री पदको समेत प्रस्ताव गर्यो। तर काँग्रेसको प्रस्ताव अस्वीकार गर्दै ती दल नयाँ राजनीतिक समीकरणमा संलग्न हुनासाथ ऊ यतिबेला हतास मनस्थितिका साथ विरोध र सदनमा अवरोध गरिरहेको छ । यसका पछाडि प्रतिशोधबाहेक कुनै तर्क संगत आधार छैनन् ।’ अध्यक्ष ओलीले सहकारी रकम हिनामिनाको विषयमा छानबिन गरेर दोषीलाई कारबाही गर्ने कुरामा एमाले दृढ रहेको प्रष्ट पारेका छन् ।
पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७