दक्षिण एशियाली कुराशमा नेपालले जित्यो २ स्वर्ण र ३ रजत


९ बैशाख २०८१, आईतवार
kuras.jpg 1

काठमाडौं । दक्षिण एशियाली कुराशमा नेपालले २ स्वर्ण र ३ रजत पदक जितेको छ । भारतको केरेलामा बैशाख ७ देखि ८ गतेसम्म भएको प्रथम दक्षिण एशियाली कुराश प्रतियोगितामा नेपालले २ स्वर्ण र ३ रजत पदक जितेको छ ।

नेपालका लागि योगेन्द्र बिष्टले ८१ केजी समूहमा र दीक्षा मगरले ४४ केजी समूहमा स्वर्ण पदक जितेकी छन् । त्यसैगरी दिपिका अचाजुले ८७ केजी समूहमा, परी घर्ती क्षेत्रीले ६३ केजी समूहमा र अर्जुन क्षेत्रीले ६० केजी समूहमा रजत पदक जितेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७