आईपीएल : पञ्जावमाथि गुजरात ३ विकेटले विजयी


१० बैशाख २०८१, सोमबार
punjab.jpg 42024 04 22 07 04 58

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गरेको हो ।

पञ्जावले दिएको १४३ रनको लक्ष्य पछाएको गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा अलआउट हुँदै १४२ रन बनाएको थियो ।

यो यस सिजनमा गुजरातको चौथो जित हो । ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जावको भने यस सिजनमा यो छैटौं हार हो । ८ खेलमा २ जित मात्र हासिल गरेको पञ्जाव नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७