६६ वर्षीया वृद्धा बलात्कृत, एक जना पक्राउ


११ बैशाख २०८१, मंगलवार
Rape 2

उदयपुर । उदयपुरमा एक ६६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । लिम्चुङबुङ गाउँपालिका–४ का ५७ वर्षीय श्यामशोर राई पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । ती वृद्धालाई आइतबार बलात्कार गरी ज्यान मार्ने धम्की दिएको उजुरी छ । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७