एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल


१२ बैशाख २०८१, बुधबार
al hilal

काठमाडौं । साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ । गए राति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा अल हिलालले युएईको क्लब अल ऐनलाई २–१ गोल अन्तरले पराजित गरे पनि समग्रमा ५–४ गोल अन्तरले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो ।

सेमिफाइनलको पहिलो लिगमा अल हिलाल अल ऐनसँग ४–२ ले पराजित भएको थियो । यो जितसँगै अल ऐन एएफसी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । अब अल ऐनले फाइनलमा जापानी क्लब योकोहामा र दक्षिण कोरियन क्लब उल्सन एचडीबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७