बैंकिङ कसुरमा फरार करुणा शाही पक्राउ


१२ बैशाख २०८१, बुधबार
karuna shahi

बाँके । बैंकिङ कसुरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका ११ बस्ने करुणा शाहीलाई ईलाका प्रहरी कार्यलय कोहलपुर बाँकेले आइतबार पक्राउ गरेको हो ।

उनलाई बर्दियाको बानियाभारबाट (माईतीघर) प्रहरीको टोलीले पक्राउ गरेको बताइएको छ । ईलाका प्रहरी कार्यलयका डिएसपी धर्म भण्डारीले अहिले बयान लिने काम भइरहेको र बैंकको कागजात रुजु हुने क्रममा रहेको जानकारी दिएका छन् ।

केही समय अगाडि बैंकिङ कसुरमै फरार रहेका उनका श्रीमान् अर्जुन बहादुर खाँड ठकुरी पनि पक्राउ परेका थिए । उनलाई गत माघ २७ गते प्रहरी वृत सातदोवाटो ललितपुरबाट पक्राउ गरी कोहलपुर इलाका प्रहारी कार्यलय बाँके पुर्‍याइएको थियो । त्यसपछि गत फाल्गुन १५ गते जिल्ला अदालत बाँकेले धरौटीमा उनलाई रिहा गरेको थियो । हाल यो अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७