रूस र युक्रेनबीच युद्धका कारण विस्थापित बालबालिकाको आदानप्रदानको सहमति


१३ बैशाख २०८१, बिहीबार
Russia Ukraine

काठमाडौं । रूस र युक्रेन कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् । पहिलो पटक ‘प्रत्यक्ष वार्ता’ को ढाँचामा युक्रेनी पक्षसँग वार्ता गरेर युद्धका क्रममा विस्थापित बनेका ५० जना बालबालिकामध्ये केहीलाई युक्रेन र केही बालबालिकालाई रूस लाने सहमति भएको मस्कोले जनाएको छ ।

यसअघि मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबरजस्ती प्रवेश गराएको आरोप लागेको थियो । सन् २०२२ मा आक्रमण शुरु भएयता रूसले आफ्ना १९ हजारभन्दा धेरै बालबालिकालाई गैरकानुनी रूपमा लगेको र त्यसमध्ये ४ सयभन्दा कमलाई मात्र फिर्ता गरेको युक्रेनले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

तर मस्कोले आरोप अस्वीकार गर्दै बालबालिकाको सुरक्षाका लागि लडाकु क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरेको जनाएको छ । युक्रेनमा युद्ध शुरु भएदेखि बालबालिकाको भविष्य अत्यन्त संवेदनशील बनेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७