घरमै बसी यसरी पाउनुहोस् स्मार्ट लाइसेन्सको जानकारी


२६ जेष्ठ २०७५, शनिबार
license new and old

काठमाडौं २६ जेठ । यातायात विभागले स्मार्ट लाइसेन्सको बारे जानकारी पाउन सजिलो उपाय ल्याएको छ । विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भएरनभएको जानकारी एसएमएसबाटै लिन सकिने व्यवस्था ल्याएको हो ।

license new and old
फाइल तस्बिर

स्मार्ट लाइसेन्स छापिएको वा नछापिएको पनि एसमएसबाटै जानकारी लिन सकिने छ । विभागले एसएसको व्यवस्था ल्याएसँगै पटक—पटक यातायात विभाग आउनु पर्ने अन्त्य भएको हो ।
लाइसेन्सको लिखित परिक्षको नतिजा जानकारी पाउन WT एक स्पेस एप्लिकेन्ट आईडी टाइप गरेर ३१००३ मा एसमएस गर्न सकिन्छ । (WT<Spacr>Applicant ID) स्मार्ट लाइसेन्स प्रिन्ट भए नभएको जानकारी लिन विभागले एसएमएसको सुविधा ल्याएको छ । त्यसका लागि LC लेखेर ३१००३ मा एसएमएस गर्नुपर्ने छ । (LC <Space> Applicant ID)

यातायात विभागले यस्तो व्यवस्था ल्याएसँगै सवारी चालक अनुमति पत्र लिन चाहनेहरुलाई सजिलो हुने दाबी गरेको छ । त्यसको लागि विभागले ४ वटा स्मार्ट कार्डप्रिन्ट मेसिन भित्र्याएको छ । २ महिना भित्र लाइसेन्स सम्बन्धीको समस्या हट्ने विभागले दाबीको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७