रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे मतदान


१५ बैशाख २०८१, शनिबार
Milan limbu
इलामको क्षेत्र नं २ मा आज शनिबार भइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि माङसेबुङ गाउँपालिका २ स्थित जनताकल्याण आधारभूत विद्यालयमा मतदान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू । तस्बिर : रामकुमार लिम्बू / रासस

इलाम । इलाम क्षेत्र नं. २ मा भइरहेको प्रतिनिधिसभा सदस्य भइरहेको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन् ।

उनले माङसेबुङ गाउँपालिका– २ स्थित जनताकल्याण आधारभूत विद्यालयको ‘ख’ केन्द्रमा मतदान गरेका हुन् । इलाम–२ मा लिम्बू र नेकपा एमालेका सुहाङ नेमवाङसहित १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Jayaprakash Rai Ilam

सोही मतदानस्थलको (क) केन्द्रमा ईलामका जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईले समेत मतदान गरेका छन् । यो केन्द्रमा जम्मा १२ सय ७ जना मतदाता रहेका छन् । जसमध्ये ‘क’ केन्द्रमा ५ सय ५८ र ‘ख’ केन्द्रमा ६ सय १८ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७