आमाले गरिन् पाँच वर्षीय छोराको हत्या, पलङको घर्रामा भेटियो शव


१५ बैशाख २०८१, शनिबार
hstys

सिरहा । सिरहाको लहानमा एक महिलाले आफ्नो पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका–५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरिताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ ।

गत बैशाख ११ गते बिहानबाट बालक आयुष फेला नपरिरहेको सूचनापछि सिरहा प्रहरीले उनको खोजतलास सुरु गरेको थियो । अनुन्धानमा जुटेको प्रहरीले सरिता बस्दै आएको कोठाको पलङभित्रको घर्रामा मृत अवस्थामा बालकको शव फेला परेको थियो । प्रहरी नियन्त्रणमा रहेकी सरिताले आफ्नो छोराको हत्या गरेको स्वीकार गरेको सिरहा प्रहरीले जनाएको छ ।

हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आमा सरितालाई सोही दिन पक्राउ गरी सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७