इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरीद्वारा सामग्री जफत


१५ बैशाख २०८१, शनिबार
ilam 1

इलाम । इलाम–२ मा जारी उपनिर्वाचनमा ‘एक्जिट पोल’ को नाममा नक्कली मतदान गराएको पाइएको छ । मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू जफत गरेको छ ।

इलाम बजारमा रहेको महेन्द्र रत्न क्याम्पस केन्द्रबाट एक्जिट पोल गराउन राखिएको सामाग्री प्रहरीले बरामद गरेको हो । क्याम्पसकै होस्टेलमा छात्राहरूले निर्वाचनका विषयमा एक्जिट पोल गराएको खुलेको हो । ती युवतीहरूलाई मतदान गरेर फर्किएकाहरूलाई पुन मतदान गर्न लगाउने शर्तमा राखिएको प्रहरीले जनाएको छ । उनीहरूले मतदान गरेर फर्किएकाहरूलाई पुन नक्कली मत पत्रमा मत खसाउन लगाउने गरेका थिए ।

मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । कुन संस्थाले एक्जिट पोल गर्न लगाएको भन्ने खुलेको छैन । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७