वेष्ट इण्डिजविरुद्ध नेपालले बलिङ गर्ने, सोमपाल र करण बेञ्चमा


१५ बैशाख २०८१, शनिबार
can 3

काठमाडौँ । नेपालले वेष्ट इण्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका हुन् । आजको खेलमा सोमपाल कामी र करण केसी बेञ्चमा बसेका छन् । आजको खेलमा अनिल शाह र कमलसिंह ऐरीलाई मौका दिइएको छ ।

नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, कमलसिंह ऐरी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७