उपनिर्वाचन : इलाम–२ मा हालसम्म ३० प्रतिशत खस्यो मत


१५ बैशाख २०८१, शनिबार
ilam chunab 2

इलाम । इलाम–२ को उपनिर्वाचनमा अहिलेसम्म ३० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ११ः३० बजेसम्म ३० प्रतिशत हाराहारीमा मतदान भएको छ । बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।

एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेको इलाम २ मा दलका १२ र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि यहाँ सात सय ४५ कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघातबाट निधन भएकाले यहाँ आज उपचुनाव भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७