आयल निगमको कार्यकारी निर्देशक बन्न नेताको घर–घरमा दौडधूप, को–को छन् दावेदार ?


२७ जेष्ठ २०७५, आईतवार

काठमाडौं, २७ जेठ । भ्रष्टाचारको मुद्दामा मुछिएका गोपाल खड्काले राजीनामा दिए पनि नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्नका लागि लागि दौडधूप शुरु भएको छ । स्रोतका अनुसार कार्यकारी निर्देशकका लागि सुरेन्द्रकुमार पौडेल, मुकुन्दप्रसाद घिमिरे, नन्दकिशोरप्रसाद रौनियार र सञ्जय साह दौडमा छन् ।nepal oil nigam 2 of 4 JiJ6CijKic

यी वाहेक नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी र निगमकै निमित कार्यकारी निर्देशक सुशील भट्टराई समेत कार्यकारी निर्देशकका आकांक्षी हुन् । पौडेल उद्यपुर सिमेन्ट कारखानाका महाप्रवन्धक हुन् । चार्टर्ड एकाउन्टेन्ट पौडेललाई तात्कालीन उद्योगमन्त्री महेश बस्नेतको सिफारिसमा मन्त्रिपरिषद्ले उद्यपुर सिमेन्टको महाप्रवन्धकमा नियुक्त गरेको थियो । उनी सुनसरी महेन्द्रनगर गाविसका हुन् । घिमिरे निगमका निर्देशकबाट अवकाश प्राप्त कर्मचारी हुन् । रौनियार निगमकै पूर्व कार्यकारी निर्देशक हुन भने साह नेपाल नागरिक उड्ययन प्राधिकरणको हवाई विभागमा कार्यरत छन् ।

उनीहरु राजनीतिक लबिङ जुटाउन प्रधानमन्त्री केपीशर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड र उद्योग तथा आपूर्तिमन्त्री मातृका यादबलाई भेटिरहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपीशर्मा ओली पौडेललाई ल्याउन चाहेका छन् । तर प्रचण्डले भने घिमिरेको लबिङ गरिरहेका छन् ।

‘ओलीले जुनसुकै हालतमा पौडेललाई ल्याउनुपर्ने अडानमा हुनुहुन्छ । सिमेन्टमा राम्रो परफर्मेन्स गरेकाले उनलाई अवार्ड दिनुपर्छ भन्ने मान्यतामा प्रधानमन्त्री हुनुहुन्छ’, स्रोतले भन्यो । स्रोतका अनुसार अहिलेसम्म पौडेलको पल्लाभारी छ । प्रचण्ड भने घिमिरेलाई ल्याउनुपर्ने अडानमा छन् । रौनियार र साहले मन्त्री यादबलाई भेटेर कार्यकारी निर्देशक बनाउन लबिङ गरेका छन् । स्रोतका अनुसार केही दिनअघि रौनियार दलवलसहित यादबलाई भेट्न मन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७