शोकमा डुब्यो तिलाठीः परिवारका ४ जना गुमाएका ८० बर्षे बृद्ध सोधिरहेछन् छोराले फोन गर्यो ?


१२ कार्तिक २०७४, आईतवार
saptari 1

काडमाडाैं : छठको अर्घ समाप्तिपछि काठमाडौं जान हतारिएका सन्जितकुमार झा शुक्रबार दिउँसो नै विधुतीय रिक्सा चढेर राजविराज गए ।  निस्कने बेलामा सबै मान्यजनको खुट्टा ढोग्दै आर्शिवाद लिए र समय लिाएर आउने बाचा पनि गरे । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
saptari 1
तर शनिबार बिहान धादिङको त्रिशुलीमा बस दुर्घटनामा परेपछि उनीसहित परिवारका ४ सदस्यको निधन भयो ।

दुर्घटनामा ३५ बर्षीय सन्जित, उनका कान्छा भाई ३० बर्षीय अन्जित, सन्जितकी श्रीमती सिम्मी र सिन्जतका जेठा छोरा ८ बर्षीय अभिनवको निधन भएको छ । सिन्जताका कान्छा छोरा ८ बर्षीय प्रतीक बेपत्ता छन् ।

८० बर्षीय बुद्ध पिता पण्डित रमानाथलाई उनीहरुको निधन भएको जानकारी दिएको छैन । रमानाथ छोरा बुहारी काठमाडौं पुगेको फोन आउला भनेर कुरेर बसेका छन् ।

तिलाठीका वाडाध्यक्ष दिनेश मिश्रले भने, पण्डितजीको बुढेसकालको लौरो खोसियो, दैव बडो निष्ठुरी हुँदो रैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७