आज राष्ट्रिय सभा सदस्यको गोलप्रथा : गृहमन्त्री र अर्थमन्त्रीको पदावधि पनि निर्धारण हुने


४ असार २०७५, सोमबार
Ram bahadur thapa badal and Yuba Raj Khatiwada

काठमाडौँ, २७ जेठ । राष्ट्रियसभाका ५९ जना सदस्यको पदावधिकाे निर्धारण आज हुँदैछ । राष्ट्रिय सभा सदस्यका २, ४ र ६ वर्षको पदावधि निर्धारण गोला प्रथाबाट हुनेछ । संविधानअनुसार राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष हुनेछ ।Ram bahadur thapa badal and Yuba Raj Khatiwada

राष्ट्रियसभा नियमावली अनुसार पदावधि निर्धारणका लागि क्लस्टर अुनसार गोलाप्रथा हुनेछ । खुला र महिलातर्फ क्लस्टर र प्रदेशअनुसार छुट्टाछुट्टै गोलाप्रथा हुनेछ । भने दलित र अपांगता भएका वा अल्पसंख्यकको सातै प्रदेशबाट निर्वा्िचत सात जनाबीच एकैपटक गोलाप्रथा हुनेछ ।

यसैगरी राष्ट्रपतिबाट मनोनीत तीनजनाको छुट्टै गोलाप्रथाबाट पदावधि निर्धारण गरिनेछ । गोलामा २, ४ र ६ वर्ष लेखेर नेपाली भाषाको वर्णानुक्रम अनुसार सदस्यहरुलाई गोला तान्न लगाइनेछ जस अनुसार पदावधि तयर हुनेछ ।

दलित र अल्पसंख्यक सदस्यबीच गोलाप्रथा गराउँदा दुई, चार, छ र शून्य वर्ष लेखिएको गोला राखिनेछ । शून्य वर्ष गोला तान्नेले दोस्रोपटक फेरि चार वा छ वर्ष लेखिएको गोलामध्ये तान्नेछ । गोला प्रथाबाट खाली हुन आएको स्थानमा त्यसै क्लस्टरबाट पुनः निर्वाचन गरिनेछ । राष्ट्रिय सभा अविच्छिन्न भएकाले कार्यकाल सकिए लगत्तै नयाँ सदस्य चयन हुनेछन्।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठजना र राष्ट्रपतिबाट मनोनीत तीनजना गरी ५९ जना सदस्य छन् । राष्ट्रियसभा निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । स्थानीय तहका पदाधिकारीको मतभार ४८ र प्रदेशसभा सदस्यको मतभार ७८ हुन्छ ।

राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षसँगै गृहमन्त्री र अर्थमन्त्री पदावधि निर्धारण हुने
राष्ट्रिय सभा सदस्यको गोलप्रथाबाट पदावधि तय भएसँगै राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षसँगै गृहमन्त्री र अर्थमन्त्री पदावधि निर्धारण हुनेछ ।

प्रदेश नम्बर ४ को खुलातर्फबाट निर्वाचित भएका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा, र प्रमुख विपक्षी दलको नेता सुरेन्द्रराज पाण्डे छन् । उनीहरु मध्येबाट २, ४ र ६ वर्षे हुने तय हो पक्का छ ।

यसैगरी गृहमन्त्री रामवहादुर थापा बादल र अर्थमन्त्री डा.युवराज खतिवडा गोलाप्रथा अनुसारनै मन्त्री पदको समयवधि तय हुनेछ । संविधान अनुसार सदस्य गुमेसँग मन्त्रीपदबाट पनि विदा लिनुपर्ने हुन्छ ।

गृहमन्त्री बादलले प्रदेश ३ बाट राष्ट्रियसभा सदस्य बनेका नेपाली कांग्रेसका राधेश्याम अधिकारी, नेकपाका बलराम बास्कोटाले गोल तान्नु पर्नेछ । भने अर्थमन्त्री डा.खतिवडाले राष्ट्रपतिबाट मनोनित भएका तीन सांसद रामनारायण बिडारी र डा.बिमला राई पौडेलबीच गोल ताना–तान हुनेछ ।

गृहमन्त्री थापा र अर्थमन्त्री खतिवडा संघीय संसद्को सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन सक्नेछन् । संविधानका व्यवस्था अनुसार ६ महिनाभित्र संघीय संसद्को सदस्य नभए मन्त्री पद खारेज हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७