कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तै : देउवा


५ असार २०७५, मंगलवार
PM Sher Bahadur Deuba 2
फाइल तस्बिर ।

हेटौडा, ५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तै भएको व्यङ्ग्य गरेका छन् । मकवानपुरको हेटौडामा शुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तै भएको दाबी गरे । उनले भने, ‘कम्युनिष्टहरु लोकतन्त्रबादी हुन् भन्ने भ्रम बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै हो ।’PM Sher Bahadur Deuba 2

सरकार भाषणमा संघीयता र काममा कम्युनिष्टको जनवादी केन्द्रीयतातर्फ उन्मुख भएको उनको दाबी छ । प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद पनि लम्पसारवादमा परिवर्तन भएको उनले बताए । संविधानको संरक्षण गर्ने र देशलाई कम्युनिष्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी कांग्रेसकै काँधमा आएको देउवाले बताए । कांग्रेसले एउटा लडाई हारेको तर, मैदान नहारेको भन्दै उनले कमजोर मानसिकता होइन, उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे ।

पार्टीभित्र केहि असतुष्टि अभिव्यक्त भएको भन्दै उनले भनेका छन कतिपय कुराहरुलाई मैले स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरञ्जित र अशोभनीय ढङ्गले पनि उठ्ने गरेका छन् ।’ संविधान निर्माण र कार्यान्वयनलाई प्राथमिकता दिंदा पार्टीको केही काम गर्न ढिलाइ भए पनि महत्वपूर्ण काम अगाडि बढेको दाबी गरे । ‘कांग्रेसले ठूलाठूला ऐतिहासिक उपलब्धि प्राप्त गर्ने र सानासाना आग्रह पूर्वाग्रह राखेर जानी नजानी आफैंले प्राप्त गरेका उपलब्धि अवमूल्यन हुने गरी प्रस्तुत त भइसकेका छैनौं ? यसमा सबैको ध्यान जान जरुरी छ’ उनले भने । देउवाले आफ्ना लागि राष्ट्र, लोकतन्त्र र कांग्रेस भन्दा प्रिय केही नभएको भन्दै बाँकी जीवन पनि यसैमा समर्पित गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७