आरजु उठ्ने कैलाली-५ मा बाम गठबन्धन अगाडि


१३ कार्तिक २०७४, सोमबार
arju rana

काठमाडौं :  नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले प्रतिनिधिसभाको प्रत्यक्षबाट चुनाव लड्ने भएकी छन् । दोस्रो संविधानसभामा कांग्रेसको समानुपातिक सांसद रहेकी उनी  कैलाली-५ बाट चुनाव लड्ने भएकी हुन् ।

arju rana

सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजुलाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवा डडेलधुरासँगै कैलाली ५ बाट विजयी भएका थिए । तर, दुई मध्ये एक क्षेत्र एउटा क्षेत्र छोड्नु पर्ने कानुनी प्रावधान अनुसार कैलाली ५ छाडे । उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा निर्वाचित भएका थिए ।

धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका दुई वडा मिलेर बनेको कैलाली-५ बनेकाे छ ।  यसक्षेत्रमा स्थानीय तहमा पाएको मतको आधारमा बाम गठबन्धन अगाडि छ । एमाले माओवादीको मत २४ हजार २ सय ८१ छ ।  यो मत कांग्रेस र राप्रपाको भन्दा २ हजार बढी हो।

 कांग्रेस  १७ हजार ६ सय ४४ मत पाएको थियो। कांग्रेसमा मिसिएको फोरम लोकतान्त्रिकले यो क्षेत्रमा पाएको १ हजार ३ सय ८३ मत जोड्दा कांग्रेसको भोट यहाँ १९ हजार २७ हुन्छ। कांग्रेसले तालमेल गरेको राप्रपाले पनि यो क्षेत्रबाट ३ हजार मत पाएको छ।

यी तिनै दलको मत जोड्ने हो भने २२ हजार ८ सय पुग्छ। आरजुले यो क्षेत्रमा प्रतिनिधिसभा चुनाव जित्न यहि २ हजार मध्ये १५ सय मत आफूतिर तान्न सक्नुपर्ने छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७