फोरमको ६२ उम्मेदवार सार्वजनिक, उपेन्द्र सप्तरी र अशोक सुनसरी बाट लड्ने


१४ कार्तिक २०७४, मंगलवार

काठमाडौं: संघीय समाजवादी फोरमले प्रतिनिधिभाका ६२ उम्मेदवार चयन गरेको छ । राजपासँग प्रदेश २ को सिट बाँडफाँट गरे लगतै फोरमले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो ।upendra yadav and ashok rai

फोरम अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि सप्तरी २ बाट चुनाव लड्ने भएका छन् । वरिष्ठ नेता अशोक राई सुनसरी १ मा उम्मेदवार भएका छन् । त्यहाँ उनलाई कांग्रेसले समर्थन गर्नेछ । त्यसको बदलामा फोरमले सुनसरी ३ मा उम्मेदवारी दिएको छैन ।

मोरङको क्षेत्र नम्बर ६ बाहेकका सबै सिट र झापाका सबै सिटमा उम्मदेवार तोकेको छ ।सप्तरी १ मा सूर्यनारायण यादव, सिरहा १ मा राजला यादव र २ मा शत्रुघन सिंह कोइरी र ३ मा अशेश्वर यादव, धनुषा १ मा दिपक कार्की, २ उमा उमाशंकर अरगरीया र ४ मा महाजन यादवलाई उम्मेदवार बनाइएको छ ।

उम्मेदवारहरूको सूची 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७