जर्मनीलाई हराएर घर फर्केको कोरियन टोलीको स्वागतमा अण्डा प्रहार


१६ असार २०७५, शनिबार
Korean football

काठमाडौं, १६ असार (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराएर घर फर्केका दक्षिण कोरियन टोलीको स्वागतमा अण्डा प्रहार भएको छ । विश्वकप फुटबलको पहिलो चरणबाटै घर फर्किएको टोलीमाथि निराश मुद्रामा देखिएका टोलीका केही समर्थकहरुले अण्डा र युनियन ज्याक कुसनले प्रहार गरेका हुन् ।Korean football

शुक्रबार कोरियाको इन्च्योन विमानस्थलमा उक्त टोलीलाई स्वागत गरिएको थियो । जर्मनीजस्तो बलियो टोलीलाई ८० वर्षपछि पहिलो चरणबाटै बाहिरिने गरी कोरियाले २–० गोलले हराएको थियो । यस जितले कोरियन टिमको साख बढेको भए पनि अघिल्ला दुई खेलमा हारेपछि पहिलो चरणबाटै बाहिरियो ।

शुक्रबार नै स्वदेश फर्केको टोलीलाई धेरै समर्थकले न्यानो स्वागत गरे तर केही रुष्ट समर्थकहरुले भने अण्डा प्रहार गरे । जब टोली फोटो सुटिङका लागि उभिँदा उनीहरुमाथि कुसन र अण्डा प्रहार भएको हो । यद्यपि, कुनै खेलाडीलाई भने उक्त प्रहार लागेन ।

टोलीका प्रक्षिक सिन टाई योङ र कप्तानले पहिलो चरणबाटै घर फर्कनु पर्दा आफुहरु निराश बनेको बताए । ‘हामी जुलाईभन्दा अघि घर फर्कन चाहँदैन थियौँ । जुनमा नै घर फर्कनुपर्दा हामी निराश छौँ’ उनले भने, ‘सबै समर्थकहरुलाई धन्यावाद । तपाईंहरु बिना विश्वकपमा त्यो चमत्कार गर्न सक्ने थिएनौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७