आन्द्रे इनिस्टाले सन्यास लिए


१८ असार २०७५, सोमबार
andres iniesta spain 1o5wfzt2cnppl1wag2f8pr4ker

काठमाडौं, १८ असार । स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । जारी विश्वकपमा गएराति भएको आयोजक रसियासँग टाइब्रेकरमा स्पेन पराजित भएसँगै इनिस्टाले पनि सन्यास लिएका हुन् ।
उनले २०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका थिए । त्यतिबेला इजिस्टा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।andres iniesta spain 1o5wfzt2cnppl1wag2f8pr4ker

टाइब्रेकरमा पहिलो पेनाल्टी हानेका उनले गोल गरे । तर, कोके र आसपासको पेनाल्टी रसियन गोलरक्षकले रोक्दै स्पेनलाई घर पठाए ।

खेलपछि इनिस्टाले भनेका छन्,‘यो वास्तविकता हो कि राष्ट्रिय टिमबाट यो मेरो अन्तिम खेल हो ।’

३४ वर्षीय इनिस्टाले २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले २००८ र २०१२ मा युरोकप जिताउन पनि महत्वपूर्ण भूमिका खेले । इनिस्टाको अन्तिम खेल भने सुखद रहेन । उनले भने, ‘यो मेरो जीवनको दुःखद दिन हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७