कम्प्युटरमा धेरै काम गर्नु हुन्छ ? तत्काल गर्नुस् यी १० काम


१८ असार २०७५, सोमबार
laptop 1

काठमाडौं, १८ असार । कम्प्युटरकोमा धैरै काम गर्नुहुन्छ ? मानिसहरु प्रायजसो आफनो पूरा दिन कम्प्युटरको अगाडि बसेर विताइरहेका हुन्छन । जसले गर्दा उनीहरुको आँखा र कम्मरको हड्डीमा धेरै प्रभाव पर्ने गर्छ । मानिसहरुलाई यसैको कारणले गम्भिर रोग लाग्ने सम्भावना पनि अधिक हुन्छ ।laptop 1

वैज्ञानिकहरुले गरेका धेरै सर्वेहरुमा यो प्रमाणित पनि भइसकेको छ । यदि तपाई आफनो दैनिक रुट्ङ्गिमा थोरै भए पनि फेरबदल गर्न सक्नुभयो भने यस्तो हुनबाट केहि हदसम्म बच्न सकिन्छ । त्यसो भए अपनाउनुहोस् यी १० सावधानी :-

१). फ्रन्ट ठूलो बनाउनुहोस् ।
कम्प्यूटरमा लेख्ने वा पढने फ्रन्ट ठूलो बनाएर राख्नुहोस्, यसले आँखालाई थोरै भए पनि आराम मिल्छ ।

२) आँखाको ढकनी (परेला) बन्द र खोल्ने गरिरहनुहोस् ।
कम्प्युटरमा काम गरिरहेको बेला आँखाको ढकनी (परेला) सामान्य भन्दा अधिक बन्द र खोल्ने क्रिया गरिरहनुहोस्, कतिपय समयमा आँखाको परेली धेरै समय बन्द नगर्दा आँखा सुख्खा हुने गर्छ ।

३) गाढा रंगको फ्रन्ट प्रयोग गर्नुहोस् ।
कम्प्युटरमा लेख्ने वा पढने समयमा गाढा रंगको फ्रन्ट र हल्का रंगको व्याक ग्राउण्डले आँखालाई आराम मिल्ने गर्छ ।

४) ब्राइटनेस सामान्य राख्नुहोस् ।
कम्प्युटर स्क्रिनमा ब्राइटनेस न कम न बढि सामान्य राख्नुहोस् । ब्राइटनेसको कारणले पनि आँखामा प्रेसर हुने गर्छ र टाउको दुख्ने गर्छ । .
५) स्क्रिनबाट अलग हेर्नुहोस् ।
काम गरिरहेको बेला पटक–पटक स्क्रिनबाट अलग, अरु दिशातिर हेर्न जरुरी छ । यसबाट आँखामा रहेका मासंपेशीहरुलाई आराम मिल्ने गर्छ ।

६) काम गर्ने स्थानमा लाइट जरूरी ।
कम्प्युटरमा काम गर्ने स्थानमा लाइट हुनु एकदमै जरुरी छ । यसले प्रकाशका किरणहरु सिधै आँखामा पर्दैन ।

७) निहुरिएर नबस्नुहोस् ।
कम्प्युटरमा काम गर्ने समयमा सधै सिधा बस्नुहोस, निहुरिएर बस्नाले ढाडमा धेरै प्रभाव पर्छ ।

८) धेरै समय नबस्नुहोस् ।
लगातार धेरै समय कम्प्युटरको अगाडि बस्न हँुदैन । प्रत्येक २०–२० मिनेटमा हिडडुल गर्न आवश्यक हुन्छ ।

९) एक्सर साइज गरिरहनुहोस् ।
चेयरमा बसी बसी शरीरलाई थोरै भए पनि एक्सरसाइज गराउनु पर्छ । यसले थोरै भए पनि शरीरलाई आराम दिने काम गर्छ ।

१०) गर्दन, घाँटीलाई घुमाई राख्नुहोस् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७