शिक्षित अभिभावक लक्षित बन्दै सामुदायिक विद्यालय


२२ असार २०७५, शुक्रबार
government school

ललितपुर, २२ असार । लुभुस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालय शिक्षित अभिभावकलाई आकर्षित गर्न लागिपरेको छ ।
शिक्षित अभिभावकका सन्तान आकर्षित गर्न सक्दा मात्रै विद्यालयप्रति अरु अभिभावकको आकर्षण बढ्ने विद्यालयले जनाएको छ ।government school

वैशाख महिनामा भर्ना अभियान शुरु भएसँगै यो विद्यालयले स्थानीय अभिभावक, स्थानीय निकाय र बुद्धिजीवीसँग यही विषयमा छलफल गर्न थालेको सहप्रधानाध्यापक रवीन्द्र थापाले बताए । अभिभावकलाई सामुदायिकमा नै सन्तान पढाउनु भनेर अनिवार्य गर्न नमिल्ने भए पनि सम्झाउन सकिने सहप्रधानाध्यापक रवीन्द्र थापाले बताए । उनले भने, ‘केही वर्षदेखि निरन्तर लागेका छौँ र नतिजा पनि देखिँदैछ ।’

विद्यालयले केही वर्षदेखि कार्यरत शिक्षकका सन्तान सामुदायिकमै पढाउन शुरु गरेको उन बताए । शिक्षकले सन्तान सामुदायिकमा नै पढाउँदा समुदायको मन जित्न सकिन्छ भन्ने प्रमाणित भएकाले अहिले शिक्षित अभिभावकलाई लक्षित गरिएको हो । उनले भने, ‘जसरी अहिले विद्यालय शिक्षकका छोराछोरी पढ्ने विद्यालय भन्ने छाप छ त्यसरी नै शिक्षित आमा–बाबुका छोराछोरी पढ्ने विद्यालय भनेर चिनाउने हाम्रो योजना छ ।’

आफूहरुले सन्तान पढाएपछि विद्यालयमा शिक्षित अभिभावक पनि सन्तान भर्ना गराउन आउन थालेको सह–प्रधानाध्यापक थापा बताउँछन् । शिक्षित अभिभावकले सन्तान सामुदायिकमा पढाउँदा समुदायमा सकारात्मक सन्देश जानेछ । उनी भन्छन्, ‘पढे–लेखेका मान्छेले त सामुदायिकमा पढाए भने सामुदायिक विद्यालय नराम्रो होइन रहेछ भन्ने सन्देश फैलन्छ ।’ विद्यालयले अभिभावकको चाहना बुझेर केही वर्ष पहिलेदेखि अंग्रेजी माध्यममा पढाउन थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७