बेल्जियमसँग ब्राजिल स्तब्ध


२३ असार २०७५, शनिबार
14 Shares

काठमाडौं, २२ असार (एजेन्सी) । पाँच पटकको विश्व च्याम्पियन ब्राजिललार्इ बेल्जियमले पराजित गरेकाे छ । रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनल अन्तर्गत कजन एरेना रंगशालामा भएकाे खेलमा  ब्राजिल बेल्जियमसँग २-१ गाेलले पराजित भएकाे हाे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ब्राजिलले खेलको १३ औं मिनेटमा पहिलो गोल खाएको हो । बेल्जियमका लागि पहिलो गोल आत्मघाती गोल भएको थियो । कर्नरबाट आएको बललाई क्लिएर गर्ने क्रममा फर्ना्डिन्होले गरेको हेडले ब्राजिलको आफ्ने पोस्टको जाली चुमेको हो ।

फर्नान्डो ब्राजिलको विश्वकप इतिहासमा आफ्नै पोस्टमा गोल गर्ने दोस्रो खेलाडी बने । यसअघि २०१४ मा क्रोएशियाविरुद्ध मार्सेलोले आफ्नै पोस्टमा गोल गरेका थिए।  यसविश्वकपमा भएको यो ११ अौं आत्मघाती गोल समेत हो।Brazil vs beljiam

jagdamba.cement
rbbbb

एक गोलले पछि परेको ब्राजिलविरूद्ध बेल्जियमले ३१औं मिनेटमा अग्रता दोब्बर पारे । बेल्जियमका लागि दोश्रो गोल रोमेलु लुकाकुको सहयोगमा डिब्रुएनेले खेलको ३१ औं मिनेटमा गरेका हुन् ।

पहिलो हाफमा २–० गोलले पछाडी परेको ब्राजिल दोस्रो हाफको ७६ औं मिनेटमा ब्राजिलका लागि अगस्टोले गोल फर्काए । त्यसपछि पनि ब्राजिलले लगातार पोष्टमा प्रहार गरेपनि गोल हान्न सकेन् ।

यस विश्वकपमा यो बेल्जियमको लगातार पाँचौं जित हो। जितसँगै १९८६ पछि बेल्जियम पहिलोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बेल्जियमले अब सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

tag reuters.com2018 newsml RC1D25A8C5F0 1689192348 768x432 1

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७