विश्वकप : खेलमा भन्दा बढी महिलामा आँखा


२९ असार २०७५, शुक्रबार
World Cup Russia fan 20180713031959

काठमाडौं, २९ असार । हरेकजसो विश्वकप खेलभन्दा बाहिरका विषयले पनि चर्चा पाउँछ । रुसमा जारी विश्वकप पनि यसबाट अछुतो रहेन । रुस विश्वकप यौनकर्मी महिला र महिला दुर्व्यवहारका घटनाका कारण पनि चर्चामा छ । विश्वकप फुटबल शुरु हुनुअघि खेलाडीमाथि हुने रङ्गभेदी दुर्व्यवहारका घटनामा विशेष सतर्कता अपनाउन आयोजक रुसलाई आग्रह गरिएको थियो ।World Cup Russia fan 20180713031959

त्यतिबेला विश्वकप तयारीमा रहेका देशका खेलाडीमाथि रुसमा रङ्गभेदी व्यवहार गरिएको गुनासो पनि चर्चामा थियो । अभ्यास खेलका क्रममा कतिपय देशका खेलाडी र समर्थकले प्रतिपक्षी खेलाडीमाथि रङ्गभेदी दुव्र्यवहार गरेको भन्दै विश्व फुटबल महासंघ (फिफा) ले कतिपय राष्ट्र फुटबल संघलाई जरिवाना पनि तिराएको थियो ।

समग्रमा रुस विश्वकपमा रङ्गभेदको विषय उत्कर्षमा पुग्ने र त्यसलाई समाधान गर्न आयोजकसँगै फिफालाई पनि हम्मेहम्मे पर्ने अनुमान गरिएको थिया । तर, फिफा र आयोजकले आकलन गरे जस्तो रुस विश्वकपका क्रममा रङ्गभेदका घटना खासै चर्चामा आएनन् । त्यसको विपरीत महिला दर्शक र समर्थकमाथि यौन दुव्र्यवहाका घटनाले भने जारी विश्वकपमा निकै चर्चा पायो ।

जारी विश्वकपमा महिलामाथि दुर्व्यवहारका घटना बढेको ठहर फिफाअन्तर्गत रहेको भेदभावविरुद्ध सल्लाहकार समितिले पनि गरेको छ । ‘विश्वकपका क्रममा अधिकांश पुरुष समर्थक र ब्रोडकास्ट च्यानलहरूले महिलामाथि अस्वाभाविक क्रियाकलाप गरिरहेको जनाइएको छ । रङ्गशाला र सडकमा मात्र ३० जना महिलामाथि यौन दुर्व्यवहारका घटना भएका छन् । समर्थकले महिलालाई हेप्ने र यौनजन्य क्रियाकलाप गर्ने गरेको पाइएको छ । टेलिभिजन च्यानलले पनि आकर्षक महिलालाई फोकस गर्दै बारम्बार तस्बिर खिच्ने र उनीहरूलाई मात्र  देखाउने काम गरिरहेका छन्,’ समितिका संयोजक फेड्रिको अडैचीले भने ।

विश्वकपमा संसारभरका दर्शक आउने भएकाले पनि उनीहरूको स्वभाव र लक्ष्य थाहा पाउन आयोजकलाई गाह्राे छ । विश्वकपकै क्रममा सर्विया, रुस र पोल्याण्डका समर्थकले रङ्गभेदलाई प्रोत्साहन गर्ने खालको ब्यानर देखाएका कारण फिफाले १० हजार स्विस फ्याङ्क जरिवाना पनि गरेको थियो । जारी विश्वकप उत्तराद्र्धतर्फ बढिरहँदा रङ्गशालामा मिडिया र दर्शकको चाप पनि बढ्दै गएको छ । तर, मिडिया र समर्थकको ध्यान फुटबल र खेलाडीको प्रदर्शनभन्दा पनि सुन्दरी महिला समर्थकमाथि बढी गएको देखिन्छ । ब्रोडकास्ट च्यानलहरूले क्यामराको जुम तन्काउँदै सुन्दरी महिलाको फोटो र भिडियो खिच्ने र त्यसलाई बारम्बार देखाउने क्रम बढेपछि फिफाले त्यसो नगर्न सचेत गराएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७