बुटवल लागूऔषध कारोवारको केन्द्र बन्दै


२ श्रावण २०७५, बुधबार
butwal city

बुटवल, २ साउन । बुटवल र आसपासको क्षेत्र लागूऔषध कारोवारको केन्द्र बन्दै गएको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागूऔषध कारोवारसम्बन्धी मुद्दाले लागूऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हुँदै गएको देखाएको छ ।butwal city

भारतसँग जोडिएको नाकामा कमजोर सुरक्षा प्रणाली भएका कारण पनि लागूऔषध कारोबार गर्ने र सेवन गर्नेको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए ।

उनले त्यसको लागि जनचेतानमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार तीन वर्षको अवधिमा लागूऔषध कारोवार दोब्बर वृद्धि भएको छ । आर्थिक वर्ष २०७२-७३ मा लागूऔषध कारोवारको मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७३-७४ मा ७४ वटा र आर्थिक वर्ष २०७४-७५ मा ८४ वटा लागूऔषध कारोवारको मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७