पाकिस्तानको चुनावबारे जान्नुपर्ने ५ कुरा


२ श्रावण २०७५, बुधबार
pakistan chunab

काठमाडौं, २ साउन । पाकिस्तानमा आउँदो बुधवार आमनिर्वाचन हुँदैछ । यो पटक चुनावमा केही यस्ता कुरा पनि हुँदैछन् जुन यसअघि भएको थिएन । प्रस्तुत छ पाकिस्तानको चुनावबारे तपाईले जान्नुपर्ने पाँच महत्वपूर्ण कुरा :-pakistan chunab

१) पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गरेका छैनन् । त्यहाँ सैनिक विद्रोहको इतिहास रहिआएको छ। सन् १९७० मा त्यहाँ पहिलो पटक आमचुनाव भएको थियो । पाकिस्तानको इतिहासमा निर्वाचित सरकारले गैरसैनिक सरकारलाई सत्ता सुम्पेको पहिलो पटक हुनेछ ।

२) तीन पटक प्रधानमन्त्री भइसकेका एक नेता चुनावमा लड्न पाउने छैनन् । भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भइ पूर्व प्रधानमन्त्री नवाज शरिफले १० वर्ष जेल सजाय पाएका छन् । शरिफले राजनीतिक पूर्वाग्रह राखी आफूलाई फसाइएको बताउने गरेका छन् ।pakistan

३) यो चुनावमा ठूलो संख्यामा उग्र दक्षिणपन्थी र कट्टर विचारधाराका उम्मेद्वारले प्रतिष्पर्धा गर्दैछन् । चुनावी अभियानमा ईशनिन्दा एउटा महत्वपूर्ण मुद्दा बनेको छ । ईशनिन्दामा त्यहाँ मृत्युदण्डको सजाय हुने व्यवस्था छ ।

४) आसन्न चुनाव यो अर्थमा पनि महत्वपूर्ण छ कि विगतका तुलनामा बढी महिलाले प्रतिष्पर्धा गर्दैछन् । संसद्को २७२ सीटमध्ये देशभरिबाट १७१ जना महिला चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन कानून अनुसार कुनै पनि निर्वाचन क्षेत्रमा १० प्रतिशतभन्दा कम महिला उम्मेद्वार भए चुनावी प्रक्रिया रद्द हुन्छ ।pakistan 1

५) यो पटकको चुनावमा पाँच जना तेस्रो लिङ्गीले पनि प्रतिष्पर्धा गर्न लागेका छन् । पाकिस्तानमा तेस्रो लिङ्गीहरू अल्पसंख्यक समुदायभित्र पर्छन् । पहिलो पटक सन् २०१३ मा उनीहरूलाई लड्न पाउने अनुमति दिइएको थियो । चुनावी पर्यवेक्षणमा यसपालि तेस्रो लिङ्गीहरूलाई पनि सहभागी गराइने छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७