भन्सार विभागका महानिर्देशक राया चार महिनामै अर्थमा तानिए


२ श्रावण २०७५, बुधबार
images cms image 000052302

काठमाडौं, २ साउन । भन्सार विभागका महानिर्देशक तोयम राया चार महिनामै अर्थ मन्त्रालय तानिएका छन् । राया चार महिना अगाडि भन्सार विमागको महानिर्देशक बनेका थिए । कर्मचारी फेरबदल गर्ने क्रममा बजेट महाशाखाका सहसचिव निर्मल हरि अधिकारीलाई भन्सार विभाग पठाउन लागिएको समाचार स्रोतले जानकारी दिएको ।

images cms image 000052302
तोयम राया

अर्थ मन्त्रालयले अन्तर मन्त्रालय सरुवा गर्दै रायालाई भन्सारमा सरुवा गरेको चार महिनामै फिर्ता गरेको हो । उनलाई अर्थ मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाको प्रमुख बनाइने स्रोतले जानकारी दिएको छ । अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख अर्जुन पोख्रेल गृह मन्त्रालयमा सरुवा भएका छन् । उनले आफूले पत्र पाई नसकेको बताएका छन् ।

यस्तै रक्षा मन्त्रालयका बलराम रिजाल र उपराष्ट्रपति कार्यालयका हरिशरण पुडासैनी अर्थ मन्त्रालयमा सरुवा भएका छन् । रिजाल र पुडासैनी अर्थमा हाजिर भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७