विपन्न वर्गका लागि ‘फुस हटाऔं, टिन लगाऊ’ अभियान


६ श्रावण २०७५, आईतवार
1266237655pahan

झापा, ६ साउन । झापा गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्रका फुसका छाना भएका घरमा जस्ता पाता (टिन) लगाई दिने भएको छ । 1266237655pahan

‘फुस हटाऔँ, टिन लगाऔँ’ भन्ने मूल नारासहित विपन्न वर्गका परिवारको घरमा भएको फुसको छाना हटाएर गाउँपालिकाले टिन लगाई दिने भएको हो । आर्थिक बर्ष २०७५-७६ को बजेटमै सो अभियानका लागि २५ लाख गाउँपालिकाले छुट्याएको र २५ लाख हेविटेड नेपाल र सहारा नेपालले लगानी गर्ने भएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

विशेषगरी सन्थाल, राजवंशी, गनगाई, मुस्लिम र मधेशी समुदायको बसोबास रहेको गाउँपालिकामा सात वटा वडा रहेकामा प्रत्येक वडाका २५० देखि ३०० घर अझै पनि फुसकै छाना रहको अध्यक्ष साहको भनाइ थियो । उनले भने, ‘विपन्न समुदाय छन् श्रम गरेको आम्दानीले उनीहरुलाई बिहान बेलुकाको छाक टार्नै पुग्दैन । घर कमजोर हुँदा हावा हुण्डरी, पानी र सर्पको डर हुन्छ ।

त्यसबाट बचाउनका लागि गाउँपालिकाबाटै हेविटेड नेपाल र सहारा नेपालको सहयोगमा टिन लगाई दिन लागेका छौँ ।’ दशैँपछिदेखि नै निर्माण कार्य शुरु गर्न हाल सात वटै वडामा फुसको छानाको तथ्याङ्क संकलन भइरहेको अध्यक्ष शाहले बताए । विसं २०६८ को जनगणनाअनुसार सो गाउँपालिकाको जनसंख्या ३४ हजार ६०१ छ । अध्यक्ष साहले करीब एक हजार ५०० परिवारको घरमा अझै फुसकै छाना रहेको हुँदा यस आर्थिक वर्षभित्र ७५० घरमा टिन लगाई दिने र बाँकी २०७६-७७ मा पूरा गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७