बंगलादेशमा पढेका ९० प्रतिशत डाक्टरको सर्टिफिकेट एकमुष्ट किनिएको हो : गगन थापा


९ श्रावण २०७५, बुधबार
gagan thapa 1 1832018105721

काठमाडौं, ९ साउन । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले बंगलादेश, चीन र फिलिपिन्समा एमबीबीएस गरेर आएका ९० प्रतिशत डाक्टरको सर्टिफिकेट किनिएको भएको दावी गरेका छन् ।Gagan Thapa

नेता थापाले बंगलादेश, फिलिपिन्स र चीनमा एमबीबीएस अध्ययन गरेर फर्किएका विद्यार्थीको शैक्षिक योग्यतामाथि औंला उठाएका छन् । अनसनरत डा. गोविन्द केसीको मुद्दालाई अहिले आफ्नो राजनीतिक मुद्दा बनाइरहेको कांग्रेसका प्रभावशाली युवा नेता थापाले केसीकै समर्थनमा आयोजित कार्यक्रमहरुमा एमबीबीएस अध्ययन गरेर फर्किएका डाक्टरहरुमाथि कडा प्रहार गरिरहेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री थापाले नेपालमा डाक्टरी अध्ययनको इतिहास आफूलाई जानकारी रहेको दावी गर्दै मञ्चबाटै भन्ने गरेका छन्, ‘वंगलादेश, चीन र फिलिपिन्सबाट एकमुष्ट रुपमा सर्किफिकेट किनेर ल्याइने कुरा सत्य हो ।’ नेता थापाको यो सार्वजनिक अभिव्यक्तिपछि अहिले उनको सामाजिक सञ्जालहरुमा आलोचना हुन थालेको छ । डाक्टरहरुको योग्यतामाथि गगनले देखाएको यो खोटको बचाऊमा अहिले उनका निकटहरु सक्रिय बनेर लागिरहेको समाचार स्रोतले जानकारी दिएको छ ।

वंगलादेशमा एमबीबीएम अध्ययनरत नेपाली चेलीहरुको विषयमा आफ्ना अभिव्यक्ति राखेकै कारण हिजो मात्रै ओली सरकारका कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । उनले नेपाली चेलीलाई बंगलादेशमा एमबीबीएस पढ्न अनेकन कठिनाइहरु रहेका छन् भने मुख्य आशयलाई शब्द चयनको गल्ती देखाउँदै उछाल्ने काममा कांग्रेसका नेताहरु नै लागे ।

महिलाहरुलाई अगाडि सारेर गरिएको कानूनमन्त्रीको अभिव्यक्तिको विरोधका कारण देशका करोडौं महिलाहरुले आफ्ना पक्षमा हुँदै गरेर राम्रा कामहरु बीचैमा अलपत्र हुने अवस्थाको सामना गर्नु पर्ने स्थिति सिर्जना भएको छ । कानूनमन्त्री तामाङले आफ्नो अभिव्यक्तिको मनसाय नेपाली चेलीको अस्मितासँग सम्बन्धित नरहेको स्पष्ट पार्दा समेत दण्ड सजाय नै दिनुपर्छ भन्ने कांग्रेसजन अहिले आफ्ना नेता गगन थापाको अभिव्यक्तिलाई भने लुकाउन र बङ्ग्याउन लागिपरेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री र कांग्रेसको एक जिम्मेवार नेता थापाले एमबीबीएस डाक्टरको ९० प्रतिशत सर्टिफिकेट किनेर ल्याइएको हो भन्दै ठोकुवा गर्दा समेत हिजो कानूनमन्त्री तामाङले माफी माग्दा समेत दण्ड नै दिनुपर्छ भनेर सडक तताउनेहरु अहिले सामसुम भएर बसेका छन् । झण्डै एकै प्रकृतिको मुद्दा र विषयमा बोल्दा ओली सरकारका कानूनमन्त्रीलाई चाहिं कार्वाहीको गर्नुपर्छ भन्दै सडक तताउने अधिकारकर्मीहरुले गगनले यतिका डाक्टरहरुलाई आक्षेप लगाईरहँदा भने मौन बस्ने नश्लीय राजनीतिक सोंचको पराकाष्ठ भएको घटनाका जानकारहरु बताउँछन् । गगनको यो अभिव्यक्ति आफू सत्ता बाहिर बस्दा जे पनि बोल्न मिल्छ, यसका लागि छुट हुन्छ भन्ने मनसायले प्रेरित भएको जानकारको भनाई ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७