लर्डस त्रिकोणात्मक श्रृखंला : नेपालको पहिलो जित, एमसीसी ९ विकेटले पराजित
लण्डन, १३ साउन । क्रिकेटको घर भनेर चिनिने लर्डसमा नेपाली क्रिकेट टिमले त्रिकोणात्मक टी–२० श्रृखंला खेलिरहेको छ । लर्डसमा जारी श्रृखंलामा नेपालले पहिलो श्रृखंला आफनो पक्षमा पारेको छ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले दिएको ४१ रनको लक्ष्य एक विकेट क्षति पुरा गर्दे पहिलो जित हात पारेको हो ।
वर्षाका कारण ६ ओभर छोटाइएको खेलमा नेपाल ४.४ ओभरमा ४१ रन बनाउँदै विजय हात पारेको हो । नेपालमा लागि सुवास खकुरेलले १६, ज्ञानेन्द्र मल्लले १२ र अनिल कुमार मण्डले ९ रन बनाए । एमसिसीका लागि डानियलले अनिलको विकेट लिए ।
एमसीसीका लागि उसका कप्तान महेला जयवर्दनेले २४ रन जोडे । उनले १६ बलमा ४ चौका प्रहार गरेका थिए । भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका सोमपाल कामीले २ तथा शक्ति गौचनले एक विकेट लिए । २ ओभर बलिङ गरेका सोमपालले ८, एक ओभर बलिङ गरेका शक्तिले ६ रन खर्चेका थिए ।
यसअघि भएको पहिलो खेलमा नेदरल्याण्ड्सले एमसीसीलाई १० रनले पराजित गरेको थियो ।