अधिनायकवाद खिया लागेको हल्ला हो, यस्तालाई जनताले तिरस्कार गर्छन् : प्रधानमन्त्री

‘देशका बुद्धीजिवीदेखि अचम्म लागेर आउँछ’


१७ श्रावण २०७५, बिहीबार
KP Sharma Oli 2

साउन, ललितपुर १७ :  प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद खिया लागेको हल्ला भएको बताएका छन् । सरकारलाई असफल बनाउन प्रतिपक्षी दलले चलाएको यस्तो हल्लालाई जनताले तिरस्कार गर्ने प्रधानमन्त्री ओलीको दाबी छ ।

KP Sharma Oli 2

विहिबार २१ औं तुल्सीलाल स्मृति दिवशको अवरसरमा तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केही केही राजनीतिक पार्टीहरु बिचारमा प्रतिष्पर्धा गर्न नसकेर अधिनायकवादको हल्ला फिंजाउदै हिडेको प्रधानमन्त्री ओलीको भनाई छ । ‘यस्ता हल्लालाई जनताले तिरस्कार गर्छन्’ प्रधानमन्त्री ओलीले भने, “कतिपयले पार्टीको आन्तरिक झगडा मिलाउन नसकेर सरकारको विरोधमा नेता कार्यकर्तालाई अलमलल्याएका छन् ।’

प्रधानमन्त्री ओलीले प्रतिपक्षीलाई तर्कसहितको बहस आउन चुनौती समेत दिए । भने, ‘बहस गर्न हामी तयार छौं, बहसमा आउँदा हुन्छ । देश कसरी बनाउने, देशको राष्ट्रिय एजेण्डा के हो ? राष्ट्रियताको सबालमा बहस गर्न हामी तयार छौँ । बुद्धिजीवी भनाउँदाहरुले पनि बेतर्कको कुरा गरिहेका छन् । देशका बुद्धीजिवीदेखि अचम्म लागेर आउँछ ।’

प्रधानन्यायाधीशको नाम संवैधानिक परिषदमा वरिष्ठताका आधारमा पठाएको भन्दै उनले उनको नाम अनुमोदन गर्ने नगर्ने जिम्मा सुनुवाई समितिको भएको बताए। संवैधानिक परिषद्ले आएका नाममध्येबाट वरिष्ठताका आधारमा नाम सिफारिस गर्ने प्रचलन रहेको र उहाँलाई पनि त्यही अनुसार पठाइएको हो,’ उनले भने प्रधानमन्त्री ओलीले सुनुवाई समितिको निर्णय सरकारले पर्खिरहेको समेत बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७