३२ हजार कर्मचारी हटाउँदै सरकार


२० श्रावण २०७५, आईतवार
Karmachari

काठमाडौं, २० साउन । सरकारले विभिन्न क्षेत्रका ३२ हजार भन्दा बढी कर्मचारीलाई हटाउने भएको छ । सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको हो ।Karmachari

अहिले मन्त्रालय, विभाग र महाशाखा आधाभन्दा बढी कटौती भएपछि त्यसमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था सिजर्ना भएको छ । सरकारले ६५ विभागबाट आधाभन्दा धेरै कर्मचारी कटौती गरेको छ ।

सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो ।

मन्त्रालयका महाशाखाहरू समेत कटौती भएपछि कर्मचारीको संख्या घटाउनुपर्ने भएको हो । केन्द्र सरकारले सञ्चालन गर्दै आएका परियोजना प्रदेश तथा स्थानीय सरकारले सञ्चालन गर्ने भएपछि त्यस्ता आयोजनामा बजेट नै छुट्याइएको छैन । यता ती निकायहरुका कर्मचारीहरुले भने सरकारको निर्णयले आफूहरुलाई मार पारेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७