अब स्वास्थ्यमा ३५ डिभिजनको संरचना, कुन प्रदेशमा कति वटा भिडिजन ? (सूचीसहित)


२३ श्रावण २०७५, बुधबार
69 550771521010933

काठमाडौं, २३ साउन । जिल्लामा रहेका ७७ वटै जिल्ला स्वास्थ्य–जनस्वास्थ्य कार्यालय खारेज गरी सरकारले प्रदेश सरकार मातहतमा ३५ वटा डिभिजन कार्यालय राख्ने गरी संरचना पारित गरेको छ ।

69 550771521010933

स्वास्थ्य मन्त्रालयले तयार गरेको संरचना मन्त्रीपरिषद्बाट स्वीकृत भएसँगै १ असोजबाट जिल्ला संरचना नरहने पक्का भएको स्वास्थ्य मन्त्रालय योजना महाशाखाका उपसचिव लिला पौडेलले बताएका छन् । सरकारले गत चैतमा नै जिल्ला संरचना खारेज गर्ने निर्णय गरेको थियो । तर स्वास्थ्य मन्त्रालयले नयाँ संरचना सो समय तयार गर्न नसक्दा दुई पटक स्वास्थ्यमन्त्री स्तरीय निर्णय गरी ६ महिनालाई पर सारिएको हो ।

३५ वटै डिभिजन कार्यालय प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय अन्र्तगत रहने भएका छन् । ती डिभिजन कार्यालयले तोकिएका जिल्लाबीच समन्वय गरी काम गर्ने गरी संरचना तयार गरिएको छ ।

अब नयाँ संरचना पास भएसँगै कर्मचारी पदस्थापन गरी असोजबाट नयाँ ढाँचामा काम अगाडि बढ्ने स्वास्थ्य मन्त्रीका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए । नयाँ संरचना अनुसार प्रदेश नम्बर–१ मा पाँचथर, तेह«थुम, उदयपुर, मोरङ, ओखलढुंगा र धनकुटा गरी ६ वटा डिभिजन कार्यलय रहने छन् ।

त्यसैगरी प्रदेश नम्बर–२ मा सप्तरी, धनुष र बारा गरी ३ वटा, प्रदेश नम्बर ३ मा चितवन, रामेछाप, काभ्रे, नुवाकोट र काठमाडौं गरी ५ वटा डिभिजन कार्यलय रहने उल्लेख छ । गण्डकी प्रदेशमा लम्जुङ, गोर्खा, कास्की, बाग्लुङ र मुस्ताङमा डिभिजन कार्यालय रहने छन् भने पाँच नम्बर प्रदेशमा बाँके, दाङ, रुकुम पूर्व, प्युठान, रुपन्देही र पाल्पामा रहने छ ।

त्यसैगरी प्रदेश नम्बर–६ अन्र्तगत सुर्खेत, सल्यान, जुम्ला, मुगु, डोल्पा र हुम्लामा रहनेछ भने प्रदेश ७ मा आछाम, बैतडी, डडेलधुरा र कैलालीमा डिभिजन कार्यलय रहनेछन् ।
नयाँ संरचनामा पनि ५ वटा हिमाली जिल्लाको संरचना यथावत् राखिएको छ । त्यसैगरी १४ वटा डिभिजन कार्यालयले दुई दुई जिल्लालाई समन्वय गर्नेछन् भने बाँकी डिभिजन कार्यलयले तीन तीन जिल्लालाई समन्वय गर्ने गरी संरचना तयार भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७