अब पासपोर्ट ६ प्रकारको, म्यानपावरले पासपोर्ट रोके कैद सजाय


२५ श्रावण २०७५, शुक्रबार
pssport

काठमाडौं, २५ साउन । सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक (रातो), विशेष (निलो), साधारण (हरियो) र यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) (कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ ।

pssport

सरकारले संसदमा पेश गरेको रहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ । थपिने दुई प्रकारका राहदानीमा सर्भिस पासपोर्टु र सिम्यान्स पासपोर्टु छन् ।

विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई सर्भिस पासपोर्टु दिने व्यवस्था गरिएको छ । पानीजहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसँगै सिम्यान्स पासपोर्टुका रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ ।

यता वैदेशिक रोजगारीमा जाने कामदारको हकमा म्यानपावर कम्पनीहरुले नेपाली युवाको पासपोर्ट रोकी राख्ने चलनमा पनि कडाइ गर्ने भएको छ । सरकारले रोजगारीमा पनि पठाउन नसक्ने तर, पासपोर्ट चाहिं रोकेर राखी रहने म्यानपावर कम्पनीका सञ्चालकलाई कारागारसम्मको सजाय व्यवस्था गरेको छ । यसरी राहदानी रोक्ने म्यानपावर सञ्चालकलाई जरिवाना र तीन वर्षसम्मको कैद हुने नयाँ व्यवस्था लागू गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७