गोली हानेर लाखौं लुटियो


२५ श्रावण २०७५, शुक्रबार
pestol
सांकेतिक तस्वीर

धनुषा, २५ साउन । मिथिला नगरपालिका–८ जमुनीबासमा गए राति अज्ञात समूहले लाखौंको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

pestol

लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उनलाई गोली हानेको थियो । श्रेष्ठको तीघ्रामा गोली लागेको छ । उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको छ ।

लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र एक लाखभन्दा बढी नगद लुटपाट गरेको छ । लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई समेत कुटपिट गरेको वडा नं ८ का वडाध्यक्ष देवनारायण महतोले बताए । प्रहरी घटनास्थल पुग्नु अगावै लुटेरा भागेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७