यातायातका इन्जिनियर घुससहित पक्राउ


२८ श्रावण २०७५, सोमबार
pakrau

बुटवल, २८ साउन । यातायात व्यवस्था कार्यालय बुटवलका इन्जिनियर सेवाग्राहीबाट घुससहित लिंदालिंदै पक्राउ परेका छन् ।

pakrau

कार्यालयका मेकानिकल इन्जिनियर सरोजकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयबाट खटिएको टोलीले २० हजार नगदसहित रङ्गेहात पक्राउ गरेको हो ।

नयाँ सवारीसाधन दर्ताका लागि साहले सेवाग्राहीबाट घुस लिन लागेको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७