‘गणेशमानले कांग्रेस गनायो भनेर उहिल्यै छोड्नुभयो, तपाईहरु किन ढिला ?’


३१ श्रावण २०७५, बिहीबार
KP Sharma oli


काठमाडौं, ३१ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब विस्तारै सकिने बताएका छन् । कांग्रेस अजेन्डाविहिन पार्टी बनेकोले नेता तथा कार्यकर्ताहरुले पनि कांग्रेसलाई छोड्दै गएको ओलीको भनाई छ ।

KP Sharma oli

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा कांग्रेस, राजपालगायत पार्टीका नेता–कार्यकर्तालाई प्रवेश गराउदै अध्यक्ष ओलीले भने ,‘नेपाली कांग्रेसबाट पार्टी प्रवेश गर्नुभएका साथीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । तपाईंहरुले ढिलो छोड्नुभयो कांग्रेस । पार्टी स्थापना गरेर सत्तामा पुर्याउनु भएका गणेशमान सिंहले उहिलै कांग्रेस गनायो भनेर छोड्नुभयो, कृष्णप्रसाद भट्टराईले छोड्नुभयो । तपाईहरु किन ढिला ?’ ओलीले ? ढिलै भएपनि कांग्रेस छोडेर राम्रो गरेको भन्दै नेकपामा सबैले उचित किसिमको जिम्मेवारी पाउने बताए ।

उनले ओखलढुंगाबाट कांग्रेस सकिएको दाबीसमेत गरे । भने, ‘ओखलढुंगा झापा र रोल्पा नेपाली राजनीतिको ऐतिहासिक नाम हो । आज ओखलढुंगाका साथीहरुको पार्टी प्रवेशले कांग्रेस सकिएको छ ।’

फौजदारी र देवानी कानून बारे भ्रम फिजाइयो
प्रधानमन्त्री ओलीले फौजदारी र देवानी कानूनको विषयमा भ्रम फिजाउने कोशिश भइरहेको बताए । ओलीले पोहोर निर्माण गरिएको कानूनमा अहिले धुमधाम हल्ला चलाइएको बताए। ‘अहिले लागू हुने कानून पोहोर बनेको हो’, ओलीले भने, ‘त्यसमा भ्रम फिजाउने कोशिश भइरहेको छ। उनले अस्पतालमा बिरामीले डाक्टर कुट्ने कानून नबनाइएको दाबी गरे।

‘कसैले त्यस्तो कानून बनाउँछरु, पास गर्छु१’, ओलीले भने, ‘त्यो भएको छैन। तर भ्रम फिजाउने काम भएको छ। अन्यौलता फिजाउन खोजिएको छ।’


बिहिबार ओखलढुंगा कांग्रेसका पुर्व सचिव सचिव तथा जिविसका पूर्वसदस्य रामबहादुर खत्री, खिजीचण्डेश्वरी गाविसका पूर्वअध्यक्ष सुरेशकुमार सुनुवार, रगनी गाविसका पूर्वअध्यक्ष लालप्रसाद नेपाल, रावदलु गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर बस्नेत, खिजीकाती गाविसका पूर्वअध्यक्ष रेवतकुमार सुनुवारलगायत नेकपामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७