कर्माचारी समायोजन सक्न लोकसेवाको परीक्षा रोक्ने मनस्थितिमा सरकार


३१ श्रावण २०७५, बिहीबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

काठमाडौं, ३१ साउन । तीन तहका सरकारमा आवश्यक जनशक्ति आपूर्ति गर्न सरकार लोकसेवा आयोगको परीक्षा रोक्नेसम्मको मनस्थितिमा पुगेको छ ।

sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 2

सरकारले पुसभित्र तीन वटै तहमा कर्मचारी समायोजन गर्नका लागि एक वर्षसम्म लोकसेवाका परीक्षा रोक्ने मनसायमा पुगेको हो । यस विषयमा परामर्श र छलफल चलिरहेको भए पनि लोकसेवाको परीक्षा नै रोक्ने निर्णयमा भने सरकार पुगिसकेको छैन ।

यस विषयमा छलफल गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने कि भन्नेबारे आन्तरिक छलफल भइरहेको सामान्य प्रशासनमन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारी बताउँछन् । उनी लोकसेवा परीक्षा रोकेरै भए पनि कर्मचारी समायोजन सक्ने र अपुग कर्मचारी प्रदेश लोकसेवाबाट लिन सकिन्छ कि भन्नेबारे प्रारम्भिक छलफल भइरहेको बताउँछन् । मन्त्रालयले तीनै तहका सरकारमा रहने कार्यालयमा आवश्यक पर्ने कर्मचारी दरबन्दी संख्या तयार पारिसकेको छ। केन्द्रमा ४५ हजार ८ ५८, प्रदेशमा २१ हजार ३९९ तथा ७५३ स्थानीय तहमा ५७ हजार कर्मचारी रहने गरी संगठन संरचना स्वीकृत भइसकेको छ ।

स्वास्थ्य सेवा समेत गरी मुलुकभर १ लाख १७ हजार कर्मचारी छन् । यी कर्मचारीलाई तीनै तहमा व्यवस्थापन गर्न मन्त्रालयले गृहकार्य गरिराखेको छ । अहिले केन्द्रमा ८६ हजार कर्मचारी छन ्। केन्द्रका ४१ हजार कर्मचारी अझै अन्यत्र पठाउनुपर्नेछ । स्थानीय तहमा १५ हजार हाराहारी कर्मचारी अपुग छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७