उपत्यकामा थपियो दैनिक ३ करोड लिटर पानी


३ भाद्र २०७५, आईतवार
melamchi1

काठमाडौं, ३ भदौं । उपत्यकाको खानेपानी सञ्जालमा दैनिक ३ करोड लिटर पानी थपिएको छ । सभामुख कृष्णबहादुर महराले शनिबार महांकालस्थित पानी संकलन केन्द्रमा धाराको साँचो खोलेर खानेपानी थप्ने कार्यको शुभारम्भ गरेका हुन् ।

melamchi1

सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट प्रशोधित बाग्मतीको पानी महांकालको संकलन केन्द्रसम्म ल्याएर उपत्यकामा वितरण गर्न थालिएको हो । सो अवसरमा आयोजित विशेष समारोहमा बोल्दै सभामुख महराले सुन्दरीजल प्रशोधन केन्द्रबाट थप भएको पानीले मेलम्चीको पानी आउनुअघि उपत्यकाबासीलाई तत्काल राहत दिनेमा विश्वास व्यक्त गरेका । दशैंअघि नै मेलम्चीको पानी उपत्यकाबासीको घर–घरमा ल्याउन सरकार प्रतिबद्ध भएर काम गरिरहेको आफूले पाएको भन्दै सभामुख महराले सरकार आफ्नो लक्ष्यमा सफल हुनेमा आफू विश्वस्त रहेको ।

कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री विना मगरले दशैंसम्म मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौं ल्याउने गरी तीव्र गतिमा काम भइरहेको बताइन् । ‘२७ दशमलव ६ किमि लामो मेलम्ची सुरूङको अन्तिम ब्रेक थ्रु सम्पन्न भैसकेको र सुरूङ निर्माण कार्य सम्पन्न हुने चरणमा छ ।
थुप्रै चुनौति र कठिनाइ पार गर्दै आयोजनाको काम तीव्र गतिमा भइरहेको भन्दै मन्त्री मगरले असोजको अन्तिम साता मेलम्चीको पानी उपत्यकाबासीको घर–घरमा आइपुग्नेमा कुनै शंका नरहेको बताइन् ।

मेलम्चीको पानी ल्याउने काम करीब अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री मगरले त्यसअघि नै सुन्दरीजलबाट बाग्मतीको पानीले अहिलेको व्यवस्थाबाट राजधानीका ७० हजारभन्दा बढी धारामा साताको पाँच दिन प्रशोधित पानी आउने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७