फिजीमा ८.२ म्याग्निच्यूडको भूकम्प, विवरण आउनै बाँकी


प्रकाशित मिति : August 19, 2018

काठमाडौं, ३ भदौं । फिजीको टोङ्गा टापु क्षेत्रमा आज विहान शक्तिशाली भूकम्प गएको छ । नेपाली समयानुसार बिहान ६ बजेर २२ मिनेटमा ८.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

अमेरिकाको भूगर्भ सर्भे विभागका अनुसार यसको केन्द्र प्रशान्त महासागरमा जमिनबाट ५६० किलोमिटर तल थियो । यो स्थान तवेनी ज्वालामुखीबाट करीब २४४ किलोमिटर टाढा रहेको छ ।
भूकम्पपछि प्रशान्त सुनामी केन्द्रले सुनामी आशंकालाई इन्कार गरिदिएको छ । यस भूकम्पबाट अहिलेसम्म धनजनको क्षति भएको जानकारी प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्