पूर्व राजदूत झाको छोरा–बुहारी विदेश हिंडेकै दिन हत्या, सुरक्षागार्ड तामाङ नियन्त्रणमा


४ भाद्र २०७५, सोमबार
keshav

काठमाडौं, ४ भदौ । फ्रान्सका लागि पूर्व राजदूत केशव झाको हत्याबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

keshav

काठमाडौंको थापाथलीस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका झाको घरमा रहेका उनका सुरक्षा गार्ड सानु तामाङलाई नियन्त्रणमा लिई प्रहरीले प्रारम्भिक सोधपुछ गरेको छ । प्रहरी अहिले पनि घटनास्थलमै छ ।

प्रहरीले झाकी श्रीमतीसँग पनि सोधपुछको तयारी गरिरहेको जनाएको छ । घरमा झासहित उनकी श्रीमती र एक सुरक्षागार्ड थिए । झाका छोरा बुहारी शनिबार मात्रै विदेशतिर गएको उनका छिमेकीहरुले जानकारी दिएका छन् ।

८० बर्षीय झाको टाउको र घाँटीमा गहिरो चोट लागेकोले प्रहरीले उनको मृत्युलाई हत्या बताएको हो । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिएका छन् । उनले भने, ‘हामीले घटनाबारे सोधपुछ थालिसकेका । छिट्टै नै सत्य–तथ्य बाहिर ल्याउँछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७