महाकालीमा बाढीकाे खतरा


९ भाद्र २०७५, शनिबार
Mahakali

काठमाडौं, ९ भदौ । शुक्रबार देखिको लगातार परेको बर्षाले महाकाली नदीमा बाढीले सर्तकता तह पार गरेको छ । महाकालीको १७८ नम्बरको स्टेशन रहेको पारीगाउँ क्षेत्रमा पानीको सतह ५.९३ मीटर पुगेको छ ।

जल तथा मौषम विज्ञान विभागले यस क्षेत्रलाई ५.८० मीटर भन्दा माथि पानी बढेमा सर्तकता तह र सात मीटर भन्दा माथि खतरातह मानेको छ ।

पानीको सतह अझै बढ्ने क्रममा रहेको विभागको तथ्याङकले देखाएको छ । विभागले सामाजिक सञ्चाल र एसएमएस मार्फत वाढी प्रभावित क्षेत्रबासीलाई सर्तकता अपनाउन सूचना जारी गरेको विभागका महानिर्दैशक ऋषिराम शर्माले बताए ।

विभागले गरेको शनिबार देखि सोमबारसम्मको तीन दिनको मौषम पुर्वनुमानमा देशका धेरै स्थानमा सामान्य वदली हुने र पुर्वी क्षेत्रमा मध्यम बर्षा हुने छ , ठुलो बर्षा हुने सम्भावना छैन ।

शनिबार विहानसम्ममा सबै भन्दा धेरै सिमरामा एक सय दुई मिलिमिटर बर्षा भएको थियो भने सबै भन्दा कम धनकुटामा ४.५ मिलीमिटर बर्षा भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७