प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित, यी प्राध्यपकद्वारा लिखित पुस्तकसँग प्रश्न पत्र हुबहु

यसअघिको परिक्षाको प्रश्नपत्र बाहिरिएको दावी


१९ भाद्र २०७५, मंगलवार
student question

काठमाडौं , १९ भदौ । शिक्षा शास्त्र संकाय स्नातकोत्तर तह पहिलो सेमेष्टर अन्तर्गत मंगलबार हुने मनोविज्ञान विषयको परीक्षा स्थगित भएको छ ।


परीक्षा सुरु हुनु अगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरेको डिन कार्यलयले सुचना जारी गरेको थियो ।

डिन कार्यलयले प्रश्नपत्र परिक्षा हुन अगावै बाहिरिएको जानकारी पाएको स्थगीत गरेको बताएको छ ।

शिक्षा शास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमका अनुसार देशभरका ३० वटा परीक्षा केन्द्रको परीक्षा स्थगित गरिएको हो ।

प्रश्नपत्र बाहिरिएपछि विद्यार्थी प्रदर्शन
परीक्षा स्थगित भएपछि परीक्षा केन्द्रमा पुगेका विद्यार्थी तनावमा परेका छन । उनीहरु आक्रोशित हुँदै घर फर्किेए ।

तर कतिपय विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयको चरम लार्पबाही भएको भन्दै प्रदर्शनमा उत्रिए । उनीहरुले त्रिविले विद्यार्थीहरूको भविष्यमाथि ठूलो खेलबाड गरेको आरोप लगाए ।

प्रथम सेमेस्टर अन्तर्गत मिति २०७५ भाद्र १७ गते संचालन भएका शिक्षाको अाधारहरू विषयको परिक्षामा सोधिएका प्रश्नपत्र र भाद्र १९ गते संचालन हुने भनिएको उच्चस्तरीय शैक्षिक मनोविज्ञान विषयको परीक्षामा सोध्न तयारी गरिएको प्रश्नपत्र निर्माण र छनोटमा भएको बदनियत भएकाे देखिएकाे विद्यार्थीहरूले दावी गरेका छन् ।

https://youtu.be/Q_sonkNK3T8

फाउन्डेसन अफ एजुकेसन बाहिरिएको दावी
बिद्यार्थीहरुले यसअघि पनि प्रश्नपत्र बाहिरएको दावी गरेको छन् । यही आइतबार भउको ‘फाउन्डेसन अफ एजुकेशन’को प्रश्नपत्र बाहिरिएको दावी गरेका हुन् । एक प्राध्यापकद्वारा लिखित किताबमा हुबहु भेटिएको छ ।

एक विद्यार्थी भनेका छन्,‘होमनाथ भट्टराईले लेखेका बुक र उसैले निर्माण गरि उसले आउट गरेका भएको हो ।’

उनले बुकसहित दावी गर्दे भनेका छन्,‘यहि बुकको अन्तिममा होमनाथले तयार पारेको प्रश्नपत्र जुन ७५ एक्जाममा सोधिएको छ, त्यो समाबेश गरिएको छ ।’

त्रिविको यस्तो लार्पबाही भेटिएपछि विद्यार्थीहरूले शिक्षा संकायका डिन कार्यालय बल्खुमा ज्ञापन पत्र समेत बुझाएका छन् ।

एक परीक्षार्थीको अनुसार पाण्डुलिपिको बिषयगत (Subjective) र बस्तुगत (Objective) दुवै प्रश्नपत्र प्राध्यापकद्वारा लिखित किताबमा मिलेको थियो ।

एक परीक्षार्थीको अनुसार पाण्डुलिपिको बिषयगत (Subjective) र बस्तुगत (Objective) दुवै प्रश्नपत्र प्राध्यापकद्वारा लिखित किताबमा मिलेको थियो ।


त्रिविले विद्यार्थीहरूको भविष्यमाथि ठूलो खेलबाड गरेको भन्दै दोषीलाई छानबिन गरी कडा कारबाही गर्न माग गर्दे ज्ञापन पत्र बुझाएका छन् ।

२०७५/०५/१७ देखि पहिलो सेमस्टारको परीक्षा सुरु भएको थियो । आज (१९ गते ) हुने भनिएको शैक्षिक मनोविज्ञान प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयले आज बिहान ८ बजे नै परीक्षा स्थगित भएको सूचना जारी गरेको थियो । त्रिविले विशेष कारणवश परोक्ष स्थगित गरिएको जनाएको थियो ।

यसअघि स्नातकोत्तर तहकै दोस्रो सेमेष्टरको गणित विषयको प्रश्नपत्रमा पनि क्रृटि भेटिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७