सिन्डिकेटधारी महासंघसँग सरकार निरीह, अग्रिम बुकिङ नगर्ने घोषणा


४ आश्विन २०७५, बिहीबार
yogenfra karmachaya
????????????????????????????????????


काठमाडौं, ४ असोज । सरकारले यातायात क्षेत्रेका सिन्डिकेट तोडिएको भन्दै आफ्नो प्रमुख कामको सूचीमा राख्न छोडेको छैन । तर, यातायात क्षेत्रको सिन्सिकेटको नेतृत्व गरीरहेका राष्ट्रिय यातायात व्यवसायी महासंघसँग सरकार निरह भएको छ ।

yogenfra karmachaya
योगेन्द्र कर्माचार्य, अध्यक्ष -नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

सरकारले बाध्य भएर सिन्डिकेटधारी महासंघसँग भदौ ३१ मा वार्ता गरेर असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति गरेको थियो । तर, महासंघले सहमति तोड्दै दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघ टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो ।

आयल निगमले गत २ गते प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजलरमट्टीतेलमा ३ रुपैयाँ मुल्यवृद्धि गरेको थियो । नेपाल आयल निगमले गरेको मूल्यवृद्धि फिर्ता नगरे अग्रिम बुकिङ टिकट खुल्ला नगर्ने भन्दै महासंघले मंगलबार २४ घन्टे अल्टिमेटम दियो । तर, सरकारले मूल्यवृद्धि फिर्ता नलिएपछि अग्रिम बुकिङ नखुलाउने निर्णय महासंघले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ती :

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ



के हो महासंघ ?
राष्ट्रिय यातायात व्यवसायी महासंघ यातायात व्यवसायीहरुको साझा संस्था हो । यातायात क्षेत्रमा यो सरकारभन्दा शक्तिशाली छ । यातायातमा देशभरी समितिहरु छन्, जसले एकछत्र सिन्डिकेट चलाइरहेका छन् । तिनै समितिहरुको छाता यो महासंघ अर्थात् सिन्डिकेटहरुको महासंघ हो । यातायात समितिका बसलाई महासंघले तोकेको समयमा मात्र सञ्चालन गरिन्छ ।

सरकारसँग आफ्नो सार्वजनिक सवारीसाधन छैन । तर, महासंघको एउटा आदेशले देशभरका सम्पूर्ण सवारीसाधन तत्काल बन्द गर्न सक्छ । उसले सवारी आवतजावतलाई ठप्प बनाउन सक्छ । महासंघको आदेशले सार्वजनिक बस मात्र होइन, ट्रकदेखि ट्रिपरसम्म अन्य सबै यातायातका साधन रोकिन्छन् ।

देशभरका यातायात समितिको सिन्डिकेटमार्फत एकजुट मात्र भएका छैनन् । आफ्नो आयलाई पारदर्शी बनाएका छैनन् । यसकारण छोटो समयमा धेरै कमाइ गर्ने हैसियत बनाएपछि महासंघ सर्वशक्तिमान छ ।

कानुनमा कारबाही गर्ने र पञ्जीकरण गरेर मात्र सञ्चालन गर्ने व्यवस्था छ, अदालतको आदेश र कानुनी व्यवस्थाले रोक लगाएको छ । तर, यही संस्थाले सरकार बिरुद्ध दादागिरी चलाइरहेको छ । सरकारले यही संस्थासँग बाध्य भएर भदौ ३१ मा वार्ता गरेका थिए ।

को छन् नेतृतवमा ?
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष योगेन्द्र कर्माचार्य हुन् । उनी कांग्रेसका नेता समेत हुन् कांग्रेस निकटको प्रजातान्त्रिक यातायात व्यवसायी संघबाट अध्यक्ष बनेर उनी नेतृत्वमा आएका हुन् । 

सरकारले सिण्डिकेट खारेज गर्ने भएपछि उनी पक्राउ समेत परेका थिए । यातायात व्यवसायमा रहेको सिन्डिकेट सरकारले खारेज गरेपछि त्यसको विरुद्धमा आन्दोलनमा उत्रिएपछि उनी पक्राउ परेक थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सबैभन्दा बढी भ्रष्टचार हुने संस्था हो । कुनै अनुगमन र नियमन नहुने यो संस्थामा लाखौं भ्रष्टचार हुने गरेको बताइन्छ । महासंघमा कमिसन र दलालीको बाहुल्य हुने महासंघकै पदाधिकारी बताउँछन् ।

हरेक निर्वाचनमा यसका उम्मेदवारहरुले महासंघलाई भ्रष्टचार र कमिसन मुक्त बनाउने नारा लिएर जाने गरेका छन् । तर, जितेर आएपछि सबै भ्रष्टचारमा फस्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७