जुडो संघलाई स्व. अम्बिकाका परिवारको दस लाख


२९ कार्तिक २०७४, बुधबार
keshab bista

काठमाडौँ: नेपाल जुडो संघका उपाध्यक्ष स्व. अम्बिकाबहादुर क्षेत्रीका परिवारले नेपाल जुडो संघलाई अक्षय कोष खडा गर्न १० लाख रुपैयाँ आर्थिक सहयोग बुधबार उपलब्ध गराएको छ ।

keshab bista
जुडो संघको आयोजना तथा स्व. क्षेत्रीका परिवारको विशेष सहयोगमा हुँदै आएको स्व. अम्बिकाबहादुर क्षेत्री स्मृति जुडो प्रतियोगिताका लागि अक्षय कोष खडा गर्न स्व. क्षेत्रीका परिवारले जुडो संघलाई रकम उपलब्ध गराएको हो । प्रतियोगिताले आठौं संस्करण पूरा गरिसकेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको उपस्थितिमा स्व. क्षेत्रीका छोरा प्रमोदबहादुर र अमोदबहादुरले जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र कोषाध्यक्ष विपिन श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
जुडो संघका अध्यक्ष वज्राचार्यले सहयोग रकमबाट प्राप्त हुने व्याज प्रतियोगिताका लागि मात्र खर्च गरिने बताउदै व्याजबाट नपुग भए परिवारले थपिदिने प्रतिबद्धता व्यक्त गरेको जानकारी गराए ।
सदस्य–सचिव केशवकुमार विष्टले स्व. क्षेत्रीले जुडोमा दिएको योगदान प्रशंसनीय रहेको बताउदै स्व. क्षेत्रीका परिवारले गरेको असल कामको सबैले अनुशरण गर्नुपर्ने धारणा व्यक्त गरे ।
सोही अवसरमा जापानको कोदोकान जुडो इन्टिच्यूटबाट प्राप्त छैटौं डानको प्रमाण पत्र र पेटी पनि खड्गबहादुर दाहाललाई हस्तान्तरण गरिएको छ । यससंगै नेपाली जुडोमा छैटौं डान प्राप्त गर्ने दाहाल एक्लो बनेका छन् ।
स्व. क्षेत्रीका छोरा अमोदले बुवाकै स्मृतिमा गृहनगर वीरगन्जमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सोच रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७