कक्षा ११ को नतिजा यहि साता


१८ आश्विन २०७५, बिहीबार
exam board

काठमाडौं, १८ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन् ।

exam board

उनका अनुसार परीक्षण गरिएको उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने काम सकिसकेको छ । अहिले विद्यार्थीको हाजिरीलाई रुजु गर्ने काम भइरहेको छ । ‘कुनै प्राविधिक समस्या आएन भने तीन दिनभित्रमा नतिजा प्रकाशन गर्छौ’, नियन्त्रक शर्माले भने ।

यो पटक पाँच लाख ४८ हजारले कक्षा ११ को परीक्षाका लागि फाराम भरेका थिए । तीमध्ये कति जनाले परीक्षा दिए भन्ने तथ्यांक निकाल्नै बाँकी रहेको बोर्डको भनाइ छ । कक्षा ११ को परीक्षा गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको थियो ।

विगतका वर्षको तुलनामा यस वर्ष निकै छिटो नतिजा सार्वजनिक हुन लागेको शर्माको दाबी छ । विगतका वर्षमा परीक्षा वैशाख जेठमै सञ्चालन भएपनि नतिजा भने पुस वा माघमा मात्रै सार्वजनिक हुने गरेको थियो । यस पटक पनि नतिजा विषयगत रुपमा ग्रेडिङमा सार्वजनिक हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७