सन्दीपको नयाँ कीर्तिमान ,मलेसियामाथि नेपालको सहज जित


२० आश्विन २०७५, शनिबार
1538797596sandeep

एजेन्सी

काठमाडौं २० असोज । मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

1538797596sandeep

१ सय १ रनको सामान्य लक्ष्य पक्ष्याएको नेपाल १२ ओभर ४ बलमा २ विकेटको क्षतिमा १ सय १ रन बनाउदै लक्ष्य सहजै पुरा गरेको हो । दोस्रो ओभरमै ओपनर अनिल शाह १ रनमा पेभिलिएन फर्किएपछि तेस्रो नंबरमा ब्याटिङ गर्न आएका कप्तान पारसले आक्रमक अर्ध शतक प्रहार गरेपछि नेपालले सहज जित निकालेको हो । सुरुवाती दुई ओभर सम्म रोकेर ब्याटिङ गरेका पारसले त्यसपछि त पुरै आक्रमक ब्याटिङ गरे । मैदानमा चौका र छक्का बर्षा गर्दिए ।

पारसले ३७ बलमा २ छक्का र ५ चौकार प्रहार गर्दै ५२ रनमा नट आउट रहे । छक्का हान्दै खेल जिताएका ज्ञानेन्द्र मल्लले पनि आक्रमक ब्याटिङ गरे । मल्लले २४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनमा नट आउट रहे। ओपनर विनोद भण्डारीले पनि १२ रन बनाउन सके । मलेसियाका पवनदिप सिंह र सिजर्रल आइड्रसले समान एक विकेट हात पारे ।

यस अघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अल आउट हुदैँ १ सय रनमा अल आउट भएको थियो । पहलो विकेटको लागि ओपनर सायिद अजिज र शफिक शरिफले ५ ओभरमा ३० रन को साझेदारी गर्दै मलेसियालाई गतिलो सुरुवात दिलाए पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङ सामु निरिह सावित भए । मलेसियाका ओपनर सायिद अजिज १३ र शफिक शरिफले ४९ रन बनाउन बाहेक मलेसियाका कुनै पनि ब्याटम्यानले नेपाली बलर सामु क्रिजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन् ।

तेस्रो विकेटको लागि शरिफ र अमिदले ३९ को साभेदारी गर्दै मलेसियालाई सम्मान जनक स्थितिमा पुर्याउने काम गरेका थिए । कुनै समय ११ ओभर १ बलमा ७५-३ को स्थितिमा रहेको मलेसिया सन्दीपको गुग्लीमा फसेपछि १७ ओभर ३ बलमा ९४-९ को स्थिीतिमा पुगेको थियो । शरिफले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ४९ रनमा आउट भए । शरिफलाई सन्दीपले १२ ओभर ३ बलमा सोमपालको हातबाट क्याच दिदैँ पेभिलिएन फकिएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिदाँ सोमपाल कामीले ३ र खड्काले १ विकेट लिए ।

सन्दीपको नयाँ कीर्तिमान

मलेसियाको ब्याटिङ इनिङ्स ध्वस्तपार्न सन्दीपले एक्लै ५ विकेट लिएका सन्दीपको यो-टी २० क्रिकेटको करियरकै उत्कृष्ट प्रर्दशन समेत बन्यो । साथै नेपालबाट टी-२० क्रिकेटमा एक्लै एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर समेत बन्ने कीर्तिमान राखे । यस अघि बसन्त रेग्मी र शक्ति गौचनले एकै खेलम ४-४ विकेट लिदा ५ विकेट कसैले लिन सकेका थिएनन् । लिस्ट ए मा भने सोमपाल कामी,करण केसी र सन्दीप लामिछानेले एक्कै खेलमा ५-५ विकेट लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७